देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन्। नियमित गस्ती तथा विशेष निगरानीका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर र बाँकेबाट तीन–तीन जना, मोरङ र चितवनबाट दुई–दुई जना तथा कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक–एक जना रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो तथा स्थानीय प्रहरी टोलीले उनीहरूका साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने नियन्त्रित औषधि बरामद गरेको जनाएको छ। बरामद औषधिमा डाइक्लोमाइन, नाइट्राभेट, ट्रामाडोल र एलएसडीसमेत रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि सम्बन्धित जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।