नीति तथा कार्यक्रमकाे छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीकाे अडानले अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएकाे छ।
सभामुख डाेलप्रसाद अर्याल र विपक्षी दलहरूबिच भएकाे छलफलमा बैठक सञ्चालन गर्ने सहमति बनेकाे सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले बताइन् ।
अब नीति तथा कार्यक्रम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफल गरियाेस् भनेर प्रस्ताव गर्नेछन्।आज नीति तथा कार्यक्रममा छलफल हुनेछ। भाेलि जवाफ प्रधानमन्त्रीले दिने वा नदिने भाेलि नै तय गर्ने सहमति भएकाे छ।