नीति तथा कार्यक्रम २८ वैशाखमा, राष्ट्रपतिले सम्बाेधन गर्ने

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले नीति तथा कार्यक्रम २८ वैशाखमा पेस गर्ने भएकाे छ। 

आज बसेकाे मन्त्रिपरिषद् बैठकले २८ वैशाखमा बजेट अधिवेशन प्रारम्भ भएकै दिन राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम वाचन तथा संसदमा टेबुल गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता सस्मित पाेखरेलले जानकारी दिए । 

संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा राष्ट्रपतिकाे सम्बाेधन तथा नीति तथा कार्यक्रम वाचन हुने व्यवस्था छ ।

‘राष्ट्रपतिज्यू समक्ष संघीय संसदकाे दुवै सदनकाे संयुक्त बैठकलाई वैशाख २८ गते साेमबार दिनकाे ४ बजे सम्बाेधन हुन र त्यसका लागि संघीय संसदका सदस्य उपस्थित आह्वान गर्न अनुराेध गर्ने’ मन्त्रिपरिषद् निर्णय सुनाउँदै पाेखरेलले भने ।

सुझावित समाचार