कृषि समितिको तेस्रो बैठक आज बस्दै

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ । १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बैठक बस्ने जनाइएको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्मको सम्पादित कामकारबाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने जनाइएको छ । समितिको आज बस्ने बैठक तेस्रो हो । 

सुझावित समाचार