दाङमा मानव कंकाल फेला

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

दाङमा मानव कंकाल फेला परेको छ । बबई गाउँपालिका– ६ स्थित चिसापानी सामुदायिक वनको चिरामा एक व्यक्तिको मानव कंकाल फेला परेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार सोमबार फेला परेको मानव कंकालको पहिचान हुन सकेको छैन ।

खत्रीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त कंकालको पहिचानका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको बताए ।  ती व्यक्तिको कम्मरको भाग र हातको बाउलाको भागमा तीनवटा सेता धर्का भएको, निलो रंगको ट्रयाकसुट रहेको छ । सोही ट्रयाकसुटको कलरको भागमा ‘मेड इन नेपाल, लक्ष्मी साइज ४२’ लेखेको स्टिकरसमेत रहेको छ । प्रहरीले कुनै व्यक्ति हराएको भएमा सम्पर्क गर्नसमेत भनेको छ ।

सुझावित समाचार