‘एक्सपिरियन्स लाइफ विथ सिजी’ योजना सार्वजनिक

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

नेपालको अग्रणी घरेलु उपकरण ब्रान्ड सिजीले नयाँ वर्ष २०८३ को अवसर पारेर वार्षिक अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीले ‘एक्सपिरियन्स लाइफ विथ सिजी’ योजना ल्याएको हो । कम्पनीले ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ भन्ने नारासहित विशेष उपहार योजनासमेत घोषणा गरेको छ ।

कम्पनीका अनुसार, अभियान वर्षभर विभिन्न अवसरमा सञ्चालन गरिनेछ । नयाँ वर्षको सुरुवातसँगै ग्राहकलाई लक्षित गर्दै आकर्षक उपहार, क्यासब्याक तथा बम्पर लक्की ड्र योजना ल्याइएको छ । जसअन्तर्गत सिजीका उत्पादन खरिद गरी क्युआर कोड स्क्यानमार्फत विवरण दर्ता गर्ने ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुनेछन् । र, भाग्यशाली विजेताले बम्पर उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, गत वर्ष ‘लेभल अप’ अभियान सञ्चालन गरिएको थियो । यो अभियानमार्फत सिजीले नेपाली बजारमा एआई टिभी, एआई एयर फ्रायर, कराओके टिभी तथा १०० इन्चका विशाल टिभीजस्ता नवीन प्रविधियुक्त उत्पादन सार्वजनिक गरेको थियो । उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै कम्पनीले यस वर्ष नयाँ योजना ल्याएर ग्राहकलाई थप उन्नत र स्मार्ट जीवनशैलीको अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाइएको छ ।

यस अभियानमा प्रिमियम श्रेणीका मेरिडिया सेगमेन्टका उत्पादनमा विशेष जोड दिइएको छ । कम्पनीले आधुनिक घरेलु उपकरण, मनोरञ्जनका साधन तथा स्मार्ट प्रविधिमार्फत नेपाली घरपरिवारको जीवनशैलीलाई सहज र सुविधायुक्त बनाउने उद्देश्य राखेको छ । साथै, शून्य प्रतिशत इएमआई सुविधालाई पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

कम्पनीले ‘एक्सपिरियन्स लाइफ विथ सिजी’मार्फत कम्पनीले वर्षैभर ग्राहकलाई नवीन प्रविधि, गुणस्तरीय सेवा तथा ग्राहककेन्द्रित योजनामार्फत उपभोक्तालाई उत्कृष्ट जीवन अनुभव प्रदान गर्ने जनाएको छ । 

See More On

सुझावित समाचार