सुनचाँदीको भाउ बढ्यो

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

नयाँ वर्ष ०८३ को पहिलो दिन मंगलबार स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो। यससँगै आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ।

अघिल्लो दिन भने सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला चार हजार नाै सय रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार