विद्युत् खपत बढाउने नीति बनाउँदै सरकार

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

विद्युत् उत्पादनसँगै निर्यात तथा आन्तरिक खपत वृद्धि गर्ने रणनीति बनाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको भेटमा विद्युत्को निर्यातसँगै आन्तरिक खपत बढाउनेतर्फ सरकारले गृहकार्य गरिरहेको जानकारी गराएका हुन् । उनले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । 

‘सरकारले जलाशय तथा नवीकरणीय ऊर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘ऊर्जा क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेका छौँ ।’  

उक्त अवसरमा अध्यक्ष वीरेन्द्रराज पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी ह्विलिङ चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न तथा निजी क्षेत्रलाई विद्युत्को आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन पनि सुझाए ।

सुझावित समाचार