नेपाल टेलिकमले नयाँ वर्ष ०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलक्षित अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् ।
न्यु इयर लाइटअन्तर्गत ४ सय ९९ मा प्रतिदिन ५ जिबी डेटा उपलब्ध हुनेछ । र, पाँच जिबीको लिमिट पूरा भएपछि पनि बाँकी समय २ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ ।
त्यसैगरी, न्यु इयर प्रिमियमअन्तर्गत ६ सय ९९ मा प्रतिदिन १० जिबी डेटा उपलब्ध हुनेछ । १० जिबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । यो योजना ३० चैतदेखि २ वैशाखसम्म रहेनछ ।