कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। आगामी वैशाख २ गते बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी नगर ललितपुरमा बस्ने गरी बैठक आह्वान भएको हो।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विषयमा कार्यवाहक सभापतिकै रूपमा सोमबार विज्ञप्ति जारी गरेपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो।

पन्ध्रौँ महाधिवेशन नै नभईकन सदस्यता फेरि नवीकरण गर्नु पूर्वाग्रही र आपत्तिजनक रहेको भन्दै देउवा पक्षले पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिकाभित्र नवीकरण तथा नयाँ सदस्यता लिन चाहनेलाई उचित अवसर दिई पन्ध्रौँ महाधिवेशन गर्ने जनाएको छ।

सुझावित समाचार