मन्त्रिपरिषदमा सबैभन्दा धनी मन्त्रीमा शिक्षामन्त्री सस्मित पोखरेल अग्रस्थानमा देखिएका छन्। उनले आफ्नो अनुमानित सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन्। ७५ लाख ऋण कटाएर खुद सम्पत्ति उनले सार्वजनिक गरेका छन्।
उनको धेरै सम्पत्ति भने घरजग्गामा छ ।
काठमाडौंमा उनका दुईवटा घर छन् । काठमाडौं ४ मा करिब चार करोड र कागेश्वर मनहरामा करिब पाँच करोड रुपैयाँ मूल्य पर्ने घर उनीसँग छन्।
त्यस्तै, पाँच ठाउँमा जग्गा रहेको छ। काठमाडौं ४ मा साढे दुई करोड, विरानटगरमा एक करोड, ललितपुरको गोदावरीमा डेढ करोड, काठमाडौंको गोकर्णेश्वरमा डेढ करोड तथा ललितपुरको गोदावरीमा पाँच करोड मूल्य पर्ने जग्गा रहेको छ। २५ तोला सुन, एक सय तोला चाँदी र करिब २५ हजार नगद गरी करिब ७५ लाख रुपैयाँबराबरको सम्पत्ति पनि उनले खुलाएका छन् । बैंक खातामा भने उनको चार लाख ४७ हजार रुपैयाँ मात्र छ। बुबाको नाममा विभिन्न कम्पनीमा सेयर रहेको छ। उनका बुबा रमेशकुमार पोखरेल नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन्।
यस्तो छ उनको सम्पत्ति विवरण-



