चार सहसचिव र तीन उपसचिवको सरुवा, दुई जिल्लाका सिडिओ फेरिए

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले चार सहसचिव र तीन उपसचिवको सरुवाको सरुवा गरेको छ। सरुवामा एक विभागका महानिर्देशक तथा दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) फेरिएका छन्। 

सहसचिव प्रकाश पौडेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ। त्यहाँ महानिर्देशक रहेका सुमन घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको छ। 
दुई सहसचिवलाई सिडिओमा खटाइएको छ। डा. डिजन भट्टराईलाई बैतडी र खडानन्द अधिकारीलाई जाजरकोटको सिडिओकाे जिम्मेवारीमा सरुवा गरिएको छ। 

बैतडीमा सिडिओ रहेका उपसचिव कृष्ण थापाको पर्साको सहायक सिडिओ तथा जाजरकोटको सिडिओ रहेका उपसचिव राजु पौडेललाई इलामको सहायक सिडिओमा खटाइएको छ। पर्साका सहायक सिडिओ सुमन कार्कीलाई संखुवासभाको सहायक सिडिओको जिम्मेवारी तोकिएको छ। 
 

सुझावित समाचार