प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

संसद् सचिवालयका अनुसार अर्यालको प्रस्तावकमा रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनील लम्साल रहेका थिए । धादिङनिवासी अर्याल काठमाडौं ९ बाट निर्वाचित सांसद हुन् ।

संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक भएको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित हुनुपर्छ । पहिलो बैठक १९ चैतमा सम्पन्न भएको थियो । 

सुझावित समाचार