दुईपांग्रे सवारीसाधन कम्पनी बजाजले ‘बजाज न्यु इयरको क्युआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ वर्ष ०८३ का अवसरमा ‘अब क्युआर गरी क्यास तिर्ने हैन, क्यास जित्ने’ भन्ने नारासहित यो योजना ल्याएको हो ।
यसले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै नभई पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकले बजाजका आधिकारिक सोरुमलगायतका स्थानमा राखिएका क्युआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् ।
हरेक दिन सहभागीमध्ये भाग्यशाली एकजना विजेताले स्मार्ट वाच जित्नेछन् । साथै, बजाज खरिदकर्ताले अधिकतम एक लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहार जित्ने अवसर पनि पाउने बताइएको छ ।
बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक सोरुममा लागू हुनेछ । ग्राहकले सो स्थानमा उपलब्ध क्युआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहार जित्न सक्नेछन् ।