बोलपत्रको सूचना लुकाइ ठेक्का दिएको आरोपमा माधव नारायणका प्रमुख प्रशासकीय अधिकृतसमेत दुईजना दोषी ठहर

सोमबार, १६ चैत, २०८२
डिजिटल संस्करण

रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत दुई जना दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतले उनीहरुलाई सजाय समेत सुनाएको छ । 

विशेषका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले यस मुद्दामा आंशिक ठहरको फैसला गरेको हो । विशेषका अनुसार प्रमुख प्रशासकीय अधिकृत प्रलवकायस्थ र अजितकुमार कर्ण दोषी ठहर भएकाहुन् । उनीहरु दुवैलाई जनही ३÷३ महिना कैदको सजाय सुनाइएको छ । 

यस मुद्दामा रौतहट एडभरटाइजिङ एजेन्सी प्रालिलाई समेत दोषी ठहर गरिएको छ । तीनै प्रतिवादीबाट बिगो रु. २ लाख ५७हजार रुपैयाँभन्दा बढीको दामा साहीले हुन आउने रकम ८५ हजार ९९० रुपैयाँ भराउनेसमेत फैसला भएको विशेषले जनाएको छ । उनीहरु तीनै जनाबाट जनही ३ हजार ४३९ रुपैयाँ क्षतिपूर्ति शूल्क वापत पीडित राहत कोषमा भराउने फैसलामा उल्लेख छ । 

यस मुद्दामा लेखापाल राम बलम प्रसाद यादवले भने सफाइ पाएका छन् । उनले सूचना प्रकाशित गर्ने र रकम भुक्तानी गर्ने कार्यमा अन्य प्रतिवादीसँग मिलेमतो गरेको वाबदनियत राखेको पुष्टि नभएको कारण देखाउँदै विशेषले यो निर्णय सुनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धानआयोगले गत २६ असोजमाकायस्थ, कर्ण, यादव र कम्पनीसमेत गरी चार जनाउपर मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०७७/७८ माधवनारायणको वडा नं. ३ देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माणको ठेक्का बोलपत्रआह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम नभएको भेटिएको थियो । 

उक्त सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा पेस गर्नुपर्नेमा विज्ञापन एजेन्सीको हैसियत नै नभएको तथा राष्ट्रियस्तरको दैनिकसमेत नरहेको हस्तक्षेप दैनिक पत्रिकालाई पत्राचार गरेको भेटिएको थियो । कायस्थले पत्राचार गरेका थिए । सो पत्रिकाका प्रोपराइटर कर्णले सूचना प्रकाशित गर्ने हैसियत र विज्ञापन एजेन्सीको रुपमा काम गर्ने अधिकार नै सिर्जना नहुँदै बोलपत्रको सूचनालिइ सिटि पोस्ट दैनिकमा प्रकाशन गरेको दाबीसहित मुद्दा परेको थियो । 

यसरी दुई सूचना प्रकाशन वापतको रकम भुक्तानी लिइ प्रतिस्पर्धालाई सीमित बनाएको आरोप अख्तियारको थियो । यसबाट व्यक्तिगत रुपमाका यस्थ र कर्णलाई फाइदा भएको तथा नगरपालिकालाई नोक्सानी भएकोमा आंशिक ठहरको फैसलाआएको हो । 
 

सुझावित समाचार