विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ वाकाथन सम्पन्न गरेको छ । बैंकले हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर गर्दै विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ ।
सन् २०२६ को नारा ‘वाटर एन्ड जेन्डर’ले सुरक्षित पानी, सरसफाइ तथा लैंगिक समानता प्रवर्द्धन गर्न पानीको पहुँच र व्यवस्थापनमा समान सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।
चालू आर्थिक वर्षभित्र देशभरका सार्वजनिक स्थानहरूमा नौवटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोतवरपर सरसफाइ अभियान सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।