पूर्वप्रधानमन्त्री तथा केपी ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक शुभकामना व्यक्त गरेका हुन्। उनले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको कार्यकाल सफल रहोस् भन्ने कामना पनि गरेका छन्।
यसअघि प्रधानमन्त्री शाहको शपथग्रहण समारोहमा भने ओली सहभागी भएका थिएनन्। राजनीतिक रूपमा प्रतिस्पर्धी रहेका यी दुई नेताबिच हालै सम्पन्न निर्वाचनमा कडा प्रतिस्पर्धा देखिएको थियो। फागुन २१ गते सम्पन्न झापा ५ को निर्वाचनमा शाहले ओलीलाई पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।