कांग्रेस केन्द्रीय समिति बैठक आज

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको समीक्षा गर्न र आगामी विशेष महाधिवेशनको विषयमा छलफल गर्न  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेस सभापति गगनकुमार थापा पनि सहभागी हुँदै छन् । निर्वाचनपछि उनी पहिलोपटक बैठकमा सहभागी हुन लागेका हुन् । थापाले प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि पदबाट राजीनामा दिएका थिए । तर, आइतबार बसेको केन्द्रीय समति बैठकले उनको राजीनामा अस्वीकृत गरेपछि उनी आजको बैठकमा सहभागी हुन लागेका हुन् । 

यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए। आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।

सुझावित समाचार