कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसको माग

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले जेन-जी प्रदर्शनका घटनाबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।

शुक्रबार र आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो।

‘२०८२ भाद्र २३ र २४ गते भएको जेन-जी प्रदर्शनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा नेपाल सरकारलाई बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न यो बैठक माग गर्दछ,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार