दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

नवलपुरको दाउन्नेमा भारी वर्षाका कारण सडक दुईतर्फी अवरुद्ध भएको छ। 

नवलपुर प्रहरीका अनुसार दाउन्ने सडक खण्डमा विनयी त्रिवेणी गाउँपालिका- २, दाउन्ने बजार र ६४ मोडमा सडक मर्मत भइरहेको स्थानमा भारी वर्षाका कारण दुवैतर्फी सडक अवरुद्ध भएको हो। 

नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने सडक खण्डमा अहिले बर्दघाटबाट दुम्किबासतर्फ आउने र दुम्किबासबाट बर्दघाटतर्फ जाने कुनै पनि सवारीसाधन उक्लन सकेको छैन। 

भारी वर्षाले सडक हिलो र चिप्लो भए पछि सवारीसाधन उक्लन नसकेको हो। यहाँ ३ दिनदेखि वर्षा भइरहेको छ।

सुझावित समाचार