यामाहा नेपालले देशमै पहिलोपटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गर्दै छ । एफजेड सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको हो । यो मोटरसाइकल शुक्रबार सार्वजनिक हुँदै छ ।
करिब एक दशकभन्दा लामो समयदेखि नेपालका मोटरसाइकल प्रयोगकर्तामाझ लोकप्रिय रहँदै आएको यामाहा एफजेड सिरिज यसको मजबुत डिजाइन, सन्तुलित प्रदर्शन तथा भरपर्दो माइलेजका कारण लोकप्रिय छ ।
जापानी प्रविधिमा आधारित यामाहाको विश्वसनीय इन्जिनियरिङले शक्ति, आराम र कार्यक्षमताबिच सन्तुलन कायम गर्दै आएको छ, जसले यसलाई देशभरका राइडरहरूको पहिलो रोजाइ बनाएको कम्पनीले जनाएको छ ।
हाइब्रिड प्रविधिले परम्परागत इन्जिन शक्ति र इलेक्ट्रिक सहायताको संयोजनमार्फत सहज एक्सेलेरेसन, कम उत्सर्जन र उच्च माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ ।