पेट्रोलियम पदार्थको नियमित आयात सुनिश्चित गर्न सरकारको निर्देशन

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति नियमित बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई खपतअनुसार पेट्रोलियम र एलपी ग्यास आयात सुनिश्चित गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले ग्यासको अत्यधिक भण्डारण नियन्त्रण, बिक्रेताको अनुगमन तथा उपभोक्तालाई सिलिन्डर साट्ने मिति जानकारी दिने व्यवस्था गर्न निर्णय गरेको छ।

बैठकले विद्युतीय चुलो, बायोग्यासजस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउन योजना बनाउने तथा निर्माण कार्यबाट हुने धुलो–हिलो नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, वन डढेलो नियन्त्रणका लागि समुदाय परिचालन र आवश्यक कार्यविधि तयार गर्ने निर्णय पनि गरिएको छ।

सुझावित समाचार