लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ३३ हजार ३५२ मत प्राप्त गरेको छ। यहाँ कांग्रेसले ३ लाख २८ हजार ७१९ मत प्राप्त गरेको छ। समानुपातिकतर्फको अन्तिम मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा एमालेले २ लाख ९६ हजार ५४२ मत प्राप्त गरेको छ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीले १ लाख ५५ हजार २४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८० हजार ४८ मत प्राप्त गरेको छ। त्यस्तै, श्रम संस्कृति पार्टीले २३ हजार ५०३ मत प्राप्त गरेको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधिसभातर्फ २६ निर्वाचन क्षेत्रमध्ये २१ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हात पारेको रास्वपाले समानुपातिकतर्फ यहाँका ४ वटा निर्वाचन क्षेत्रबाट ५० हजारभन्दा धेरै मत हासिल गरेको छ।
रुपन्देहीका तीनवटा क्षेत्रबाट समानुपातिकतर्फ ५५ हजारभन्दा पनि धेरै मत रास्वपाले पाएको छ। लुम्बिनीमा समानुपातिकतर्फ ८२ हजार ४०१ मत बदर भएको छ।