२८ सय विन्दुबाट तल झर्‍यो नेप्से

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

बुधबार दोहोरो अंकले घटेर नेप्से परिसूचक २८ सय विन्दुभन्दा तल झरेको छ। नेप्से ४६.७८ अंक (१.६४ प्रतिशत)ले घटेर दुई हजार ७९६.५७ विन्दुमा कायम भएको हो।

आज कारोबार रकममा समेत गिरावट आएको छ। मंगलबार २१ अर्बमाथि पुगेको कारोबार रकम १३ अर्ब १८ करोडमा सीमित भएको हो। आज ३२९ कम्पनीका तीन करोड ६० लाख ४९ हजार कित्ता सेयर खरिद–बिक्री भए।

म्युचल फन्ड ०.३४ प्रतिशतले वृद्धि हुँदा बाँकी सबै १२ समूहको सूचक घटेका छन्। व्यापार समूह सर्वाधिक ३.४० प्रतिशतले घट्दा वित्त २.०८ प्रतिशतले ओरालो लागेको छ।

बजार घटे पनि आज सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रो र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन्।

कालिका पावरले सर्वाधिक गुमाएको छ। उक्त कम्पनी आठ प्रतिशतभन्दा धेरैले घट्दा पन्चकन्या माई र थ्री स्टार हाइड्रोका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार