झापा ५ : साढे १२ हजार मत गन्न बाँकी, ४३ हजार बढी मतान्तरले बालेनको अग्रता

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा १ लाख ६ हजार ३७२ मत खसेको मा शनिबार दिउँसो ३ः३० बजेसम्म ९३ हजार ९४७ मत गनेर सकिएको छ। 

सुरुदेखि नै अग्रता कायम गरेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी ओलीलाई ४३ हजार २१८ मतले पछि पारेका छन्। १२ हजार ४२५ मत मात्र गन्न बाँकी रहँदा रास्वपाले प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेनको जित सुनिश्चित भइसकेको छ।

बालेनले ५९ हजार ५६८ मत ल्याउँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मात्र १६ हजार ३५० मत पाएका छन्। यसैगरी नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ६२७ तथा नेकपाका रन्जित तामाङले १ हजार ३२७ मत प्राप्त गरेका छन्।

See More On

सुझावित समाचार