सिन्धुली २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल विजयी भएका छन् । निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार गजुरेलले १७ हजार नौ सय ४० मत प्राप्त गरेका छन् । त्यस्तै उका निकटतम प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारले १४ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेले ११ हजार ६ सय ६ र नेपाली कांग्रेसले ६ हजार ७ सय ६० मत प्राप्त गरेको छ ।