महोत्तरी १ मा रास्वपाका प्रमोद महतो विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद कुमार महतो ३४६३६ मत ल्याई विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्दी नेकपाका गिरिराजमणी पोखरललाई २२०१२ मतको फराकिलो मतान्तरले हराएका हुन् । त्यसतै पुर्व निर्वाचित एमालेका लक्ष्मी महतो कोईरीबाट समेत उनको मतान्तर २८०४५ छ । 

महोत्तरी क्षेत्र १ स्थित निर्वाचन कार्यालयले महतोलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ। नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महतोले जितपछि मिडियासंग कुरा गर्दै चुरे दोहन र अवैध नदी उत्खनन पुर्णरुपमा बन्द गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् । उनले समग्र क्षेत्रको विकासको लागि आफु समर्पित रहेको र जनभावना अनुसार नै काम गर्ने बताए ।
 

सुझावित समाचार