बाँके १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जस अन्तर्गत १ मा रास्वपाका चौधरी, २ मा एमालेका राई र ३ मा रास्वपाका सुनार विजयी भएका छन् ।

बाँके क्षेत्र नम्बर २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन् । उनी तेस्रो पटक विजयी भएका हुन् । राईले २४ हजार ६२८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका बिबेककुमार श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुधान्शु कोइरालाले १७ हजार ५९६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी बाँके क्षेत्र नम्बर १ मा रास्वपाका सुरेशकुमार चौधरी विजयी भएका छन् । उनले ३२ हजार ७९२ मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत पाएका छन् भने एमालेका सुर्य ढकालले ११ हजार ९५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा पनि रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५० मत पाउँदा उनका निकतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६०८ र नेपाली कांग्रेसका अमरसिंह पुनले १३ हजार २१५ मत पाएका छन् ।

See More On

सुझावित समाचार