प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। सञ्चारकर्मीको यससम्बन्धी जवाफमा उनले आफैँले प्रतिवेदन बुझ्ने र सार्वजनिक गर्ने बताएकी हुन्।
उनले भनेकी छिन्–
आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले, अहिलेको आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाऊन्।