महोत्तरीको बर्दीबास नगरपालिका– ७ स्थित राष्ट्रिय मावि प्रेमनगरमा रहेको मतदान केन्द्रमा दोहोरो विवादपछि मतदान स्थगित भएपछि खुलाउने प्रयास भइरहेकाे छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मतदान सुरु गराउने प्रयास भइरहेको छ । उनले केही कुरामा असहमति भएकोमा निर्वाचन टोलीले असहमति सुल्झाउने प्रयास गरिरहेको बताएका हुन्।
सोही मतदान केन्द्रमा वडाध्यक्ष भोरिल यादव सामान्य घाइते भएको स्थानीयहरूले जनाएका छन् । महोत्तरीमा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ ।