एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलबाट मतदान

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छन् । उनले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका– ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट बिहान ७ बजेर ५ मिनेटमा पहिलो मतदान गरेका छन् ।

पौडेलले यही क्षेत्रबाट लगातार चारपटक चुनाव जितेका छन्। पाँचौँ जितको खोजीमा रहेका पौडेलसँग नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे चुनावी प्रतिस्पर्धामा छन् । यस निर्वाचन क्षेत्रमा एक लाख ३५ हजार मतदाता रहेका छन् ।

सुझावित समाचार