उपत्यकाका १५ क्षेत्रको छुट्टाछुट्टै स्थानमा मतगणना हुने

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

उपत्यकामा यसपटक सम्बन्धित क्षेत्रमै मतगणना हुने भएको छ। यसअघि काठमाडाैंका १० सै क्षेत्रको राष्ट्रिय सभागृहमा गणना हुने भएको थियो। 

यसपटक सम्बन्धित क्षेत्रमै मतगणना निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । 

 जसअनुसार काठमाडौं १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर, काठमाडौं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय कागेश्वरी मनोहरा नगरपालिका थली, काठमाडौं ३ को गोकर्णेश्वर नगरपालिका ४ चामुण्डा स्कुलमा मतगणना हुने भएको छ। 

काठमाडौं ४ को निर्वाचन अधिकृतको कार्यालय रहेको बुढानीलकण्ठ २ स्थित जेष्ठ नागरिक समाज भवन चपली, काठमाडौं ५ को टोखा नगरपालिका ६ स्थित सामुदायिक भवनमा मतगणना हुनेछ। 

त्यस्तै, काठमाडौं ६ को तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थली, काठमाडौं ७ को बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र खुसिबु, काठमाडौं ८ को नागार्जुन नगरपालिका भवनसँगैको जनउद्धार माध्यमिक विद्यालय, काठमाडौं ९ को चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बु र काठमाडौं १० को कीर्तिपुर २ स्थित सामुदायिक भवनमा मतगणना हुने भएको छ।   

त्यस्तै, ललितपुर १ को गोदावरी नगरपालिका कार्यालय बज्रबाराही, ललितपुर २ को खुमलटारस्थित कृषिको कार्यालय र ललितपुर ३ को जावलाखेलमा मतगणनास्थल तोकिएको छ। 
त्यस्तै, भक्तपुर १ मा जिल्ला अदालत भक्तपुर र भक्तपुर २ मा बोडेस्थित तालिम केन्द्रमा मतगणना हुने भएको छ। 

सर्वपक्षीय सहमति भएमा बिहीबार बेलुकादेखि नै मतगणनाको तयारी भइरहेको छ। 

मतगणनास्थलमा सिसिक्यामेरा र तारजालीको समेत व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ। 
 

सुझावित समाचार