मौसमविद् भन्छन्– बुधबार र बिहीबार वर्षाको सम्भावना छैन

मतदानको दिन देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनको मिति घोषणा भएदेखि नै चुनौतीका पाटापक्षमध्ये महत्वपूर्ण ठानिएको एक थियो मौसमको खराबी । तर, मतदानको दिन देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान छ ।

केही भागमा धुम्म देखिएको मौसम तुवाँलोका कारण भएको र त्यसले निर्वाचनमा असर नगर्ने मौसमविद्हरूले जनाएका छन् । ‘बुधबार र बिहीबार वर्षाको सम्भावना छैन । नयाँ सिस्टम आउने पनि देखिँदैन,’ मौसमविद् हरिप्रसाद दाहालले भने, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । बिहान तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।’ 

गृहले पनि मौसमका कारण चुनावलाई चुनौती नरहेको निष्कर्ष निकालेको छ । ‘आसन्न निर्वाचनमा सबैभन्दा ठुलो चुनौती मौसम हो कि भन्ने गुनासा प्राप्त भइरहेका थिए । यसलाई पनि हामीले मिहिन ढंगले हेर्र्यौँ । यही अवधिमा ३० वर्षअघि देखिएको मौसम विवरणसमेत विश्लेषण गर्यौँ,’ गृहप्रवक्ता काफ्लेले भने, ‘तर, २१ फागुनका दिन मौसमले खासै ठुलो प्रभाव नपार्ने रिपोर्ट आयो । अब निर्वाचनलाई मौसमजन्य चुनौती छैन ।’

See More On

सुझावित समाचार