राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले असिम शाहको घरमा इस्लाम धर्मावलम्बीहरूको चाड रमजान मनाएका छन्। कमलपोखरीस्थित शाहको घरमा पुगेर उनले बिहीबार इफ्तार गरेका हुन्।
रास्वपाका नेतासमेत रहेका शाहको घर त्यही हो जहाँ दुई महिनाअघि रवि लामिछाने र बालेनबिच मिलेर जाने समझदारी भएको थियो।
बालेन शुक्रबार तनहुँ जाने कार्यक्रम छ।
