फुटबल खेलाडी साम्बालाई पाँच लाख सहयोग गर्ने भायानेटको घोषणा

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

 नेपाली फुटबल टिमकी सावित्रा भण्डारी ‘साम्बा’लाई इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेट कम्युनिकेसनले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । साम्बा यतिवेला घुँडाको गम्भीर चोटका कारण मैदानबाहिर छिन् । यस चुनौतीपूर्ण समयमा भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरको उपचार र पुनरागमनका लागि पाँच लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

‘साम्बाको शल्यक्रिया र त्यसपछिको करिब आठ महिना लामो रिह्याब प्रक्रियाका लागि ठुलो स्रोतको आवश्यकता छ । उनको अदम्य आँटलाई सम्मान गर्दै भायानेटले उनलाई पुनः खेल जीवनमा फर्काउन यो सानो प्रयत्न गरेको हो,’ कम्पनीले भनेको छ । 

भायानेटले आफ्नो ब्रान्ड एम्बेसडरप्रति देखाएको यो तत्परताले जस्तोसुकै कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध र भरपर्दो कनेक्सन कायम राख्ने कम्पनीको मूल मन्त्रलाई थप चरितार्थ गरेको जनाएको छ । साम्बाको स्वास्थ्य लाभको कामना गर्दै भायानेटले भनेको छ, ‘देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथै रहनेछौँ । उहाँ चाँडै निको भएर मैदान फर्कने र देशलाई पुनः गौरवान्वित बनाउने कुरामा हामी विश्वस्त छौँ ।’

सुझावित समाचार