नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला पाँच हजार ६ सय रुपैयाँले बढेको हो।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १० हजार तीन सय रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख चार हजार सात सय रुपैयाँमा किनबेच भएको थियो।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको थियो।
यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३७५ रुपैयाँले बढेर पाँच हजार ४२५ रुपैयाँ पुगेको छ। यसअघि माघ १५ गते चाँदीको मूल्य प्रतितोला सात हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड रहेको छ।