चुनाव जित्नेभन्दा देश सम्हाल्ने विषय मुख्य : विश्वप्रकाश शर्मा

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण
चुनाव जित्नेभन्दा देश सम्हाल्ने विषय मुख्य : विश्वप्रकाश शर्मा

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको विषम् परिस्थितिमा देश कसले सम्हाल्ने भन्ने विषय महत्त्वपूर्ण हुने बताएका छन्।

बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले चुनाव कसले जित्नेभन्दा पनि देश कसले सम्हाल्ने भन्ने कुरा मुख्य रहेको बताएका हुन्।

मधेशले देशको परिवर्तनका लागि सबैभन्दा बढी सहादत दिएको उल्लेख गर्दै उनले भने, ‘हामी जान्दछौँ देशलाई दुखिरहेको छ, मधेशलाई दुखिरहेको छ। यो वेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन। मूल प्रश्न विषम् परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।’ 
 

सुझावित समाचार