फागुन १८ सम्म मात्र चुनावी प्रचार गर्न आयोगको निर्देशन

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न निर्देशन दिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले जुलुस, आमसभा, घरदैलो तथा सञ्चारमाध्यममार्फत प्रचार तोकिएको अवधिभित्र मात्र गर्न स्पष्ट पारेको हो।

आयोगले प्रचारका क्रममा मतदातालाई धम्की, डर–त्रास, आर्थिक प्रलोभन, सामाजिक बहिष्कार, हातहतियार प्रदर्शन तथा धार्मिक वा साम्प्रदायिक भावनामा असर पर्ने गतिविधि नगर्न चेतावनी दिएको छ। साथै, ४८ घण्टा मौन अवधिमा कुनै पनि प्रकारको प्रचार गर्न नपाइने जनाएको छ।

निर्वाचन आचारसंहिताविपरीत पोस्टर, ब्यानर, भित्तेलेखन, सवारी र्याली, सरकारीसाधन–स्रोत तथा कर्मचारी प्रयोग गर्न नहुने आयोगले स्पष्ट पारेको छ।

सुझावित समाचार