ढल फुटेपछि वीर अस्पतालमा सेवा प्रवाह प्रभावित

बिहिबार, २९ माघ, २०८२
डिजिटल संस्करण

वीर अस्पतालमा ढल फुटेपछि सेवा प्रवाह प्रभावित भएको छ । ढल फुटेको भन्दै कर्मचारीले पुरानो ब्लकतर्फको काउन्टर बन्द गरेका छन्। प्याथोलिजी विभागतर्फको ढल फुटेको हो । ढल फुटेर कोठामा  पसेको भन्दै अस्पतालले काउन्टर नै बन्द गरेपछि उपचारका लागि आएका बिरामी अलपत्र परेका छन्।

‘बिहानदेखि लाइनमा बसेको पालो आउँदै थियो, ढल फुटेको भनेर कर्मचारीले कोठा बन्द गरेर निस्किए,’ सुर्खेतमा अमन कार्कीले भने, ‘अहिले ढल फुटेपछि सेवा बन्द गरिएको छ, उपचारका लागि आएको अलपत्र परियो ।’  वीरका निर्देशक डा. दिलीप शर्माले ढल मर्मतको काम भइरहेको बताए ।

सुझावित समाचार