कनेक्ट किसान र एनएएमपीबिच सम्झौता

बिहिबार, ३० माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) र कनेक्ट किसान प्रालिबिच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मतकुमार श्रेष्ठले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लाटफर्ममार्फत कृषिसम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु रहेको बताइएको छ । कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एड्भाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्याउनेछ । यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्याजस्तै मल, बजार, रोग–किरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्ने बताइएको छ ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले किसानले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती भएमा वा खेतीमा रोग–किरासम्बन्धी अनुसन्धान आवश्यक परेमा उनीहरूले यी जानकारी एआई प्रविधिको माध्यमबाट पठाउन सक्ने बताए । पठाइएको जानकारी संकलन गरी एनएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । 

See More On

सुझावित समाचार