सेन्सेई ब्रान्डले नयाँ फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको छ । आधुनिक प्रविधि, स्मार्ट डिजाइन र उच्च कार्यक्षमतासहित सशक्त संयोजन गरिएको वासिङ मेसिन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस वासिङ मेसिनमा जडान गरिएको बिएलडिसी इन्भर्टर मोटरले कम बिजुली खपत, न्यून आवाज र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्छ । १० किलो क्षमताको यो मेसिन मध्यमदेखि ठुलो परिवारका लागि उपयुक्त हुने बताइएको छ । उक्त वासिङ मेसिनलाई बजारमा अझै विशिष्ट बनाउने मुख्य विशेषता यसको स्मार्ट बटम फंक्सन र वास प्लस फंक्सन हो, जुन यो मोडेलका लागि पूर्ण रूपमा युनिक फिचरका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।
स्मार्ट बटनले प्रयोगकर्ताको धुलाइ बानीलाई बुझेर आवश्यक सेटिङ स्वत: अनुकूल बनाउँछ । जसले गर्दा धुलाइ प्रक्रिया अझ सहज र स्मार्ट हुनेछ । त्यस्तै, वास फंक्सनले कपडाको कडा र कठिन दाग हटाउने बताइएको छ । कम्पनीका अनुसार यो मेसिन आधुनिक नेपाली घरपरिवारको व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले गर्दा समयको बचत, ऊर्जा दक्षता र कपडाको उत्कृष्ट हेरचाह प्रमुख प्राथमिकता हुन् ।