अर्गानिक कृषि वस्तु निर्यातकर्तालाई ‘प्रांगारिक प्रमाणीकरण शुल्क’मा अनुदान लिनका लागि कृषि विभागले सूचना प्रकाशन गरेको छ । अर्गानिक कृषि वस्तु निर्यातका लागि सरकारले प्रोत्साहन गर्न बर्सेनि प्रमाणीकरण शुल्कमा अनुदान उपलब्ध गराउँदै आएको छ ।
विभागले प्रांगारिक कृषि वस्तु निर्यात गर्ने व्यक्ति, कृषक समूह, सहकारी, संघ–संस्था, कम्पनी एवं निजी फर्मबाट सूचीकरण र भुक्तानी आवेदन प्रस्ताव माग गर्ने प्रयोजनका लागि सोमबार सूचना प्रकाशित गरेको हो । विभागले ढिलोमा जेठ मसान्तभित्र अर्गानिक वस्तु निर्यातकर्तालाई प्रमाणीकरण शुल्कमा अनुदान लिनका लागि आवेदन दिनुपर्ने जनाएको छ ।
अनुदान रकम भने निर्यात परिमाण र वस्तुका आधारमा निर्धारण हुने गरेको विभागले जनाएको छ । अनुदान लिन तोकिएको कागजातसहित निर्यात भएको वस्तुको अनुमानित परिमाण र मूल्य खुलाएर फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ । निर्यातकर्ता स्वयं उत्पादक नभए कहाँबाट खरिद भएको भन्ने प्रमाणित कागजातसमेत पेस गर्नुपर्ने उल्लेख छ ।