जनविद्रोहले फालेको संसद् फर्काउने चलखेल अस्वीकार्य : रवि लामिछाने

मंगलबार, २० माघ, २०८२
डिजिटल संस्करण
जनविद्रोहले फालेको संसद् फर्काउने चलखेल अस्वीकार्य : रवि लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनविद्रोहले उखेलेर फालेको पुरानो संसद् फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्विकार्ने चेतावनी दिएका छन्।

मंगलबार सामाजिक संजालमार्फत लामिछानेले जस्तोसुकै मत परिणाम स्विकार्न तयार भए पनि जनताले फालेको पुरानो संसद् नस्विकार्ने प्रस्ट पारेका हुन्।

देश अन्तिम सुनामीको तयारीमा रहेको दाबी गर्दै लामिछानेले लेखेका छन्, ‘मेरो खुला आग्रह छ— अझै पनि जोजो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल । जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्विकार्छौं। तर, जनविद्रोहले उखेलेर फालेको पुरानो संसद्, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की स्विकार्दैनौं।’

फागुन २१ कुनै नेपाली इतिहासको कोसेढुंगा हुने भन्दै उनले वर्षौँवर्ष देश लुटेर बनाइएको आपराधिक गिरोहबाट देश मुक्त हुने उल्लेख गरेका छन्। ‘केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ,’ लामिछानेले लेखेका छन्।

सुझावित समाचार