एसइईमा उकृष्ट नतिजा ल्याउनेलाई डिप्रोक्स लघुवित्तको सम्मान

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

डिप्रोक्स लघुवित्तले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । संस्थाले गत वर्षको एसइईमा उत्कृष्ट नतिजा ल्याउने आफ्ना सेयर सदस्यका छोराछोरीलाई नगद पुरस्कार तथा प्रशंसापत्रसहित सम्मान गरेको हो ।

संस्थाका देशभरका एक सय ५८ वटै शाखा कार्यालयमार्फत यो कार्यक्रम सञ्चालन गरिएको थियो । पुरस्कृत विद्यार्थीले संस्थाको सहयोगले थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।

शिक्षा क्षेत्रमा लगानी र प्रोत्साहन गर्दै आएको यस लघुवित्तले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । 

सुझावित समाचार