पोखरा फाइनान्सको मर्जर प्रस्ताव पारित

बिहिबार, १५ माघ, २०८२
डिजिटल संस्करण

पोखरा फाइनान्सको २८औँ तथा २९औँ साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले समृद्धि फाइनान्ससँग बराबरी सेयर अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । गत साउनमा समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गाभ्ने–गाभिने (मर्जर) प्रयोजनको समझदारी गरेका थिए ।

मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदन तयार पारेको थियो । त्यो प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

साधारणसभाले अनुमोदन गरेलगत्तै दुवै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुवै संस्था गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’का नामबाट कारोबार थाल्नेछन् ।
 

सुझावित समाचार