म्याग्दी क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले औपचारिक समर्थन गरेको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित केही राजनीतिक दलहरूले पनि पुनको समर्थनमा आफ्ना उम्मेदवार निष्क्रिय बनाइसकेका छन्।
उज्यालो पार्टीका प्रवक्ता डा. राजु थापाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन्।