म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र श्रम संस्कृति पार्टी मिल्नुपर्नेमा जोड दिएका छन्। संयुक्त बनाएर चुनाव नलडे उनीहरूले बहुमत ल्याउन नसक्ने उनको भनाइ छ।
उनले फेसबुकमा लेखेका छन्–
राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीका नेताहरू मिलेर एकता गरी संयुक्त मोर्चा बनाएर चुनाव लडेनन् भने संसदमा बहुमत ल्याएर सरकार बनाउन सक्दैनन्। अनि ट्वा पर्छाै। अनि कुरा बुझ्नुभयो, भाइहरू?