जनता समाजवादी पार्टी नेपालको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रामनरेश यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका पर्सा जिल्ला अध्यक्षसमेत रहेका यादव पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।
उनी यसअघि ०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (क ) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका थिए ।