कांग्रेस सभापति गगन थापाले सर्लाही ४ बाट उम्मेदवारी दिने भएका छन्। यसअघि उनी काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए।
उपसभापति विश्वप्रकाश शर्मासहित सो क्षेत्रमा पुगेर उनले उम्मेदवारी दिने तयारी गरेका छन्।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांग्रेसकै पूर्वनेता अमरेशकुमार सिंह प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका सिंह विजय भएका थिए। उनी सोमबार मात्र रास्वपा प्रवेश गरेका हुन्।