सुनसरीको क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीले गोमा तामाङलाई टिकट दिएको छ। तीन वर्षअघिको निर्वाचनमा पनि रास्वपाबाट लडेकी उनी ४५३ मतले पराजित भएकी थिइन्। त्यसवेला अशोक राईले चुनाव जितेका थिए।
यसपटक धरानका पूर्वमेयरसमेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) पनि यही क्षेत्रबाट उम्मेदवार छन्।